काठमाण्डौ,गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ उपाधि जितेको छ ।पोखरा रङ्गशालाको भलिबल कोर्टमा आइतवार भएको फाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्यो । गण्डकीले तेस्रो सेट २५–२० ले जित्यो ।विजेता बनेको नेपाल पुलिस क्लबले उपाधिसँगै पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ र उपविजेता बनेको गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।यसअघि आइतवार नै भएको टाइगर कपको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखराले उपाधि जितेको छ ।

Leave a Reply