आरके राजन
सिम्रौनगढ,राष्ट्रिय समता पार्टी नेपालका पूर्वकेन्द्रीय महासचिव धुपलाल प्रसाद सहनीले अर्को नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको छ ।राष्ट्रिय समता पार्टीबाट अलग हुनुभएका सहनीले नयाँ पार्टी गठन गर्ने तयारी शुरु गरेको जानकारी दिनुभएको छ । समता पार्टीको विचार, नीति र व्यवहारसंग असहमति जनाउदै उहाँले गत बैशाख ५ गते सो पार्टी परित्याग गर्नुभएको थियो ।बाराको देवताल गाउँपालिका वडा नम्बर ४ निवासी सहनी पेसाले वकिल हुनुहुन्छ ।
















