कुनै बेला नेपालीका लागि सूचना प्रविधि भनेको आकाशको फल जस्तै भएको थियो । मोवाइलको सीम लिनका लागि पनि घण्टौं लाइनमा बस्नु पर्दथ्यो अनि रकम पनि उलेख्य तिर्न पर्दथ्यो । तर अहिले सामान्य नागरिकहरुको हातहातमा समेत मोवाइल छ । बरु घरमा एक छाक खाने कुरा नहोस् तर मोवाइल आवश्यक बनेको छ ।
यो प्रविधिले दिएको बरदान हो । यसलाई गलत रुपमा प्रयोग गर्नेहरुको भने संख्या पछिल्ला दिनमा बढ्दै गएको छ । बिभिन्न बाहना बनाएर प्रविधिको गलत दुरुपयोग गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । प्रविधि भनेको त सदुपयोग गर्नका लागि दिइएको हो तर यसको व्यापक दुरुपयोग भएको छ ।
यसरी प्रविधिको दुरुपयोग गर्नेहरुले कानुनी कारबाही पनि झेलेकै छन् । त्यसैले प्रविधि जसले पनि सदुपयोग गर्न जान्नु पर्दछ । दुरुपयोग गरियो भने त्यसले अन्ततः आफैलाई हानी गर्ने निश्चित छ । आम नागरिकहरु पनि यस्तो बिषयमा सचेत बन्न आवश्यक छ ।