कृपा संवाददाता
कलैया , २४ बैशाख । नेपाल परिवार दल बाराका जिल्ला अध्यक्ष रामचन्द्र प्रसाद चौधरीले फुटपाथमा व्यपार गर्ने तीस व्यपारीलाई राहत वितरण गरेका छन् । नोबेल कोरोना भाइरस ( कोभिड १९) का कारणले सरकारले जारी गरेका लकडाउनले गर्दा  दुई छाक टार्न समस्या भएका फुटपाथका व्यापारीहरुलाई नेपाल परिवार दल जिल्ला कार्य समिति बाराले राहत वितरण गरेको बारे पार्टीका प्रव्क्ता उपेन्द्र पासवाले जानकारी दिए ।

सरकारले जारी गरेको लकडाउनका कारण अहिले  दैनिक मजदुरी गरि काम गर्नेलाई छाक टार्न परेका छन् । पार्टीले बेला बखतमा यस्तै व्यक्तिलाई पहिचान गरेर राहत वितरण गर्दै हिडेका बारे नेपाल परिवार दल  बाराका अध्यक्ष चौधरीले बताए ।

नेपाल परिवार दल  बाराका प्रव्क्ता पासवानले विज्ञप्ति जारी गरि   कलैया उपमहानगरपालिका वडा नम्बर ५ को मुख्य बजार भरत चौक नजिकै टाँसिएका सडक पेटिमा मकै पोलेर बेच्ने, चटपटे बेच्ने, ठेला रिक्सा चलाउने, चिया बेच्न लगायत तिस जना साना व्यापारीलाई राहत वितरण गरेको जनाएका हुन् ।  नेपाल परिवार दल  बाराले  बुधबार   राहत स्वरुप दुई किलो चक्कि आँटा वितरण गरिएको थियो । त्यसैगरी नेपाल परिवार दल  बाराले सोमबार देवताल गाउँपालिकामा रहेका गरिब , अतिविपन्न तथा मजदुरी गरि काम गर्ने ५० जनालाई राहत वितरण गरेका थिए । 

राहत वितरण कार्यक्रममा कलैया उपमहानगरपालिकाका वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष पुरुषोत्तम लामा, पार्टिका नगर अध्यक्ष राकेह कुमार नेपाल, बिनेश चौधरी, जिल्ला सदस्य सुनिता चौधरी, पप्पु मिश्रा लगायतको उपस्थिति रहेकोपार्टिका जिल्ला प्रवक्ता उपेन्द्र पासवानले प्रेश बिज्ञप्ति मार्फत जनाएका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here