करैयामाई,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ खम्बामा रहेको श्रीनेपाल राष्ट्रिय आधारभूत विद्यालयमा बिहीवार भएको अभिभावक भेलाले प्रमोदप्रसाद यादवको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

विद्यालय व्यस्थापन समितिको सदस्यहरूमा सिकिन्द्रप्रसाद यादव, ग्यासुदिन मियाँ अंसारी, मोबिना खातुन, लालसा देबी, रूपमाया चौधरी, वडा अध्यक्ष भोरिकप्रसाद यादव, शिक्षक प्रतिनिधि लिलावती चौधरी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक तेजनारायणप्रसाद जयसवाल रहेका छन् ।

समिति गठन प्रयोजनमा कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत विजय अधिकारी, जैतापुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामप्रवेश महतो, विद्यालयका शिक्षक, अभिभावक, स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, विद्यार्थीलगायतको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here