अनिल तिवारी
सिमरा – पर्साको विरगंज ३२ चोर्नीमा रहेको नेकोन केबि प्लाष्टो ई.ई. प्रा.ली. ले श्रम अदालत काठमान्डौँको निर्णयालाई कार्यन्वयन नगरेपछि त्यहाँका मजदुरहरु आन्दोलित भएका छन् । ३ वर्ष पहिले २०७४ सालमा काम गर्दै आएका मजदुरलाई बिना कारण काममा आउन रोक लगाएपछि श्रम अदालत गएका मजदुरहरुको पक्षमा अदालतले गरेको निर्णय उद्योग प्रशासनले नमानेपछि त्यहाँका मजदुरहरु आन्दोलित भएका हुन् ।
तिन वर्ष पहिले सुनिल कुमार बर्मा सहित १७ जना मजदुरलाई बिना कारण उद्योगले कारखाना जानबाट रोक लगाएका थिए । त्यस पश्चात उद्योगलाई बिपक्षी बनाउदै १७ जना मजदुरहरु श्रम अदालतलाई गुहार्न पुगेका हुन् ।
श्रम अदालत काठमान्डौको २०७६ असार ५ गतेको निर्णय अनुसार श्रम तथा रोजगार कार्यालयले २०७६ मंसिर ९ गते उद्योगालाई सम्मानित अदालतको निर्णय कार्यन्वयन गर्न पत्रचार गरेको थियो । सम्मानित श्रम अदालतले बर्मा सहित १७ जना मजदुरलाई पत्र प्राप्त भएको मितिदेखि रोजगार सम्झौता गरी काममा लगाउनुपर्ने निर्णय गरेको थियो ।
तर उद्योग प्रशासनले तत्काल उद्योगमा मजदुरको आवश्यक्ता नभएका कारण देखाउदै निजहरुलाई काममा नराख्ने बातावरणको सृजना गरेको छ । उद्योगले स्थायी गर्नुपर्ने भएकोले नेपाली भन्दा गौर नेपाली कामदारहरु राख्दै आएको आन्दोलीत मजदुरहरुले आरोप लगाएका छन् ।