राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीचौकमा मंगलबार एक कार्यक्रमकाबीच बि.एल. ठाकुर मेमोरियल हेल्थ क्लिनिकको उदघाटन भएको छ । बि.एल. ठाकुर मेमोरियल हेल्थ क्लिनिकको वडा सदस्य कमल ठाकुरले धार्मिक विधिअनुसार पूजापाठ र रिवन काटेर उद्घाटन गर्नुभएको थियो । बि.एल. ठाकुर मेमोरियल हेल्थ क्लिनिक जेनरल फिजिसियन एमबिबिएस चिकित्सक सुशिलकुमार ठाकुरले संचालनमा ल्याउनुभएको हो ।
यस क्षेत्रमा एमबिबिएस डाक्टर भएको क्लिनिकहरु नरहेकोले आफ्नो गाउँघरबाटै सर्वसाधारणले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भनेर क्लिनिक संचालनमा ल्याइएको ठाकुरले बताउनुभयो । क्लिनिक संचालनमा आएपछि यस क्षेत्रका बासिन्दालाई सामन्य रोेग र बिरामीको लागि पनि सदरमुकाम वीरगन्ज र भारतका विभिन्न सहरमा धाउनु पर्ने बाध्यता हटेको उहाँले बताउनुभयो कार्यक्रममा उहाँले थोरै रकमबाट गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । क्लिनिकमा बिरामीको स्वास्थ्य परीक्षणसंगै औषधी, ल्याब र एक्सरे मेसिनकोसमेत सुविधा उपलब्ध छ । उदघाटन कार्यक्रममा डाक्टर रामशिष ठाकुर, धोबिनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मजिद मियाँ, पूर्वईन्जिनियर रामएकबाल साह तेली, पंडित केदार पाण्डे, पानालाल साह, बिरेन्दर ठाकुर, संजय ठाकुरलगायतको सहभागिता रहेको थियोे ।