नरेश गुप्ता
बरियारपुर -बाराको महागढीमाई नगरपालिका वडा ६ को राहत बितरण प्रक्रिया नगरपालिका कार्यालयबाटै गरिएको छ । राहत बितरण प्रक्रियामा बिवाद हुने संभावना बढ्दै गएकोले सर्वसहमतीबाट महागढीमाई नगरपालिका बाटै राहत बितरण गर्न लागिएको वडा अध्यक्ष भगवान राउत अहिरले बताए । महागढीमाइ वडा नम्बर ६ मा साबिकको गाबिस बबुवाईन , धरमपुर , पत्रहटी गाउँ रहेकोमा लकडाउनको बेला महागढीमाई कार्यालय बाटै राहत पिडित घरपरिवारलाई राहत बितरण गरिदै आएको वडा अध्यक्ष भगवान राउत अहिरले बताए ।
यता राहत बितरण प्रक्रिया वडा कार्यालयबाट नगरी वडा अध्यक्ष अहिरले आफ्नो कार्यकर्तालाई मात्र राहत बितरण गरिएको महागढीमाई ६ बबुवाईन निवासी उतिमलाल चौरसियाले बताए । स्थानिय बबुवाईनमा सयभन्दा बढी गरिब , असहाय घरपरिवार राहतबाट बंचित रहेको चौरसियाले बताए । महागढीमाई वडा न ६ मा बिपन्न असहाय ६ सय २५ जनालाई राहत बितरण गर्ने लक्ष्य रहेकोमा बिगत ३ दिन देखि बितरण गरिएको राहत ४ सय ६५ जनाले बिहिवार राहत पाएको वडा अध्यक्ष भगवान राउतअहिरले बताए ।
नेपाल सरकारले लगाएको लकडाउनमा असहाय , मजदुर , गरिब घरपरिवारलाई राहत बितरण गर्ने उदेश्य रहेकोले सोही अनुरुप स्थानीय जनप्रतिनिधि राजनीतिक दलको प्रतिनिधिको रोहबरमा राहत बितरण बितरण गरिएको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भयो । महागढीमाईको ११ वटै वडामा राहत बितरणको कार्य जारी रहेको नगर प्रमुख यादवले बताए ।