अहिले बाराको गढीमाईमा मेला लागेको छ । मेला हरेक पाँच बर्षमा एक पटक लाग्ने गर्दछ। गढीमाईमा दर्शनका लागि लाखौं मात्रै होइन करोडौं भक्तजनहरु आउने गर्दछन् । यो मन्दिरमा जोडिएको महत्वपूर्ण कुरा भनेकै बली हो । बली प्रथाका बिषयमा मेला ब्यवस्थापन समिति पनि तनाबमा रहेको पाइन्छ । करिब दुई बर्ष अगाडि बलीका बिषयमा सर्बोच्च अदालतले मेला ब्यवस्थापन समितिलाई बली रोक्न आदेश दिएपछि समिति तनाबमा रहेको हो। कानुनतः सर्बोच्चको आदेश पालना गर्नुपर्ने भएपनि भक्तजनको चाहनाका कारण ऊ अप्ठेरोमा परेको छ ।
उसले यस पटक बलीका बिषयमा अली फरक नीति लिएको छ । यो भक्तजनलाई चिक्त बुझ्ला नबुझ्दा तर प्रयास सकारात्मक छ । रांगका लागि ८ हजार,बोकाका लागि ५ हजार र परेवाका लागि ३ सय रसिद काटेपछि बली गरे बरावर हुने कुरा समितिले गरेको छ । यो बली न्यूनिकरणका लागि समितिले अवलम्बन गरेको राम्रो नीति हो ।
त्यसो त पुजारीले भने बली दिनु पर्ने तर्क प्रश्तुत गरेका छन् । पुजारीका तर्फबाट मात्रै बली दिँदा र भक्तजनबाट बली दिने चलन कम भयो भनेपनि पशु बध रोकिनेछ । बली पशु न्यूनिकरणका लागि प्रयास हुन पनि आवश्यक छ । गढीमाई माता वा भगवती नै हुन्् काली नै हुन् तरपनि बली मागेको भन्ने प्रमाण भेटिन्न । त्यसैले बली न्यूनिकरणका लागि अब भक्तजनको स्तरबाट सोच्न आवश्यक छ ।