सिमरा,नेकपा एमालेले बाराका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिको विस्तारित भेला तथा बैठक सम्पन्न गरेको छ । एमालेले क्षेत्र नम्बर १, २ र ३ को विस्तारित बैठक यसअघि नै सम्पन्न गरेको थियो भने क्षेत्र नम्बर ४ समन्वय कमिटीको बैठक मंगलबार सम्पन्न भएको हो ।

बैठकले पार्टीभित्रको अन्तरविरोध तत्काल समाधान गरी एकताबद्ध पार्टी निर्माणका लागि निष्कर्षमा पुर्याउन नेतृत्वसंग आग्रह गरेको छ । बैठकले पार्टीको वडा कमिटीमार्फत संगठित सदस्यता नवीकरण कार्य अगाडि बढाउने निर्णय पनि गरेको छ । बैठकमा बोल्दै एमालेका नेता तथा खेलकुद तथा युवा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले अध्यक्ष ओलीका कारण पार्टीमा समस्या आएको उल्लेख गर्दै नेतृत्वले समस्या समाधान गरेर अगाडि बढनु पर्ने कुरामा जोड दिनुभयो । नेता पौडेलले स्थानीयत तहका जनप्रतिनिधि र सांसदको टिकट दिने कुरा त पार्टीमा निर्णय हुन्छ भने संसद विघटन, नियुक्ति लगायतका बिषयमा अध्यक्ष ओलीले पार्टीसंग कुनै छलफल नै नगरेर पार्टीभित्र मनपरितन्त्र चलाएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीको व्यक्तिवादी प्रवृत्तिका कारण पार्टी संकटमा परेको पनि उहाँले बताउनुभयो ।

बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य दिनेशकुमार राईले पार्टीमा रहेको समस्या विधिवत रुपमा हल गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सबैको मेहनेतले पार्टी यो अवस्थामा आएको भन्दै सबैको आत्मसम्मानमा ठेस नपुग्ने गरी नेतृत्व अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

क्षेत्र नम्बर ४ का अध्यक्ष मनोज पौडेलको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेश सभा सदस्य सिता गुरुङ, एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी, एमालेका नेता श्रीप्रसाद पासवान, ईश्वर ढकाल, बिजेन्द्र चौधरी, बिद्या थापा, मालती कुशवाहा, कौशलशिशोर सिंह, सरीता राई, अरुण यादव, रमा गुरुङलगायतले बिभिन्न बिषयमा प्रकास पार्नुभएको थियो । बैठकको सहजीकरण कृष्ण खनाल र रमेश चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply