मधेश प्रदेशमा माओवादी सांसदहरुको विद्रोहका कारण २५ दिनमा नै मुख्यमन्त्री जितेन्द्र सोनलले राजिनामा दिनुपरेको छ ।मुख्यमन्त्री सोनलले पूरै कार्यकाल मुख्यमन्त्री बन्न पाउनु पनि पथ्र्यो होला । उहाँले मधेशको विकासका लागि नयाँ कुरा केही सोच्नु पनि भएको थियो होला नै तर माओवादी सांसदहरुको अस्वभाविक र अप्रत्यासित विद्रोहको असर सोनलले खेप्न परेको छ । हुन त अब यो देशमा माओवादी भन्ने पार्टी छैन तैपनि प्रदेशमा अझै पनि माओवादीकै हैसियतमा सांसदहरु रहेका छन ।
माओवादीकोसमेत समर्थनमा सोनल मुख्यमन्त्री बनेको अवस्थामा सो पार्टीका सांसदहरुले गरेको विद्रोह अस्वभाविक र अनपेक्षित मानिएको छ । तर यहाँ दलका शीर्ष भनिएका नेताहरुले जे गरेपनि कार्यकर्ताले ताली बजाउनुपर्नें, उनीहरुको आदेश पालना गर्नुपर्ने परिपाटीको विकास हुदै गइरहेको अवस्थामा भने यो विद्रोहलाई स्वाभाविक रुपमा पनि लिन सकिन्छ । किनभने यस्तो विद्रोह अब हरेक पार्टीमा आवश्कयता छ । पार्टीमा लामो समय बस्ने, देश र जनताका लागि काम नै नगर्ने अनि फेरि पदमा रहने चाहने प्रवृत्तिको विरोध जायज नै हुन्छ ।
माओवादी सांसद रहबर र मालाले गरेको विद्रोह हरेक पार्टीमा हुन आवश्यक छ । प्रचण्डकै कुरा गर्ने हो भने सशस्त्र संघर्षको समयमा आवश्यक नै नहुँदा सेनामाथि आक्रमण भयो र यसले धेरै उनकै कार्यकर्ताहरुको नरसंहार भयो । जुन गलत थियो भन्ने कुरा समयले पुष्टि गरेको छ अनि जनयुद्धपछि सरकारमा पहिलो पटक सरकारमा जाँदा सो पार्टीले देखाएको रबैया, एमालेसंग गरेको पार्टी एकता सबै असफल हुँदा अब माधव नेपालसंगको एकता सफल होला भनेर नेता कार्यकर्ताहरुले विश्वास गर्नु दास मानसिकता हो जुन युवा वर्गले चैं अब चिर्न आवश्यक छ ।
















