कृपा सवाददाता
हेटौंडा, २१ कार्तिक । लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा हेटौँडामा पनि ‘गो व्याक इण्डिया’ को नारा लगाईएको छ । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नेपाली भु–भाग अतिक्रमण गरेको भन्दै विहिबार विहान विरोध प्रर्दशन गरेका हुन् । हेटौंडा क्याम्पस साथै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले हेटौँडा बजारका विभिन्न भागको परिक्रममा गरेका थिए । र्यालीपछि हेटौँडाको बुद्धचोकमा कोणसभा भएको थियो । सभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले भारतलाई यथाशिघ्र आफ्नो गल्ति सुधार्न चेतावनी दिए । यसैक्रममा हेटौँडाका विद्यार्थीहरुले भारतीय विस्तारवाद, हेपाह प्रवृत्ति तथा अतिक्रमणकारी रबैया प्रति विरोध जनाउँदै तत्काल नक्सा सच्याउन सचेत गराएका थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०मा आवद्ध विद्यार्थीहरुले आज र्याली तथा कोणसभा आयोजना गरी विरोध प्रदर्शन गरेका छन् ।
र्यालीमा ूगो व्याक इण्डिया, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिदैन–नेपाली भूमि मिच्न पाईदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छू लगायतका नारा लगाउँदै भारतलाई गराइएको थियो ।मकवानपुर बहुमुखी क्याम्पसबाट शुरु भएको र्याली मानसचोक हुँदै बजारको विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले भारतले असल छिमेकीको भूमिका निभाउन छोडेर नेपाल प्रती गरेको व्यवहार अब सैह्य नहुने चनेतावनी दिनुभयो ।भारत पागल बनोबृत्ति भएको छिमेकीका रुपमा दोखा परेको टिप्पणी गर्दै उहाँले भारतको हरेक रबैयामा कडा जवाफ दिन युवा तयार रहेको बताउनु भयो । उहाँले नेपाली युवाहरुको जोस भारतको विरुद्ध प्रयोग गर्न बाध्य नपारियोस् भन्दै पछाडी हट्न भारतलाई चेतावनी दिनुभयो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिया सदस्य पविना लामा, पुर्व जिल्ला अध्यक्ष किशोर टंडल लगायतले भारत पछि नहटे लिपुलेकमै पुगेर आफ्नो भूमि फिर्ता ल्याउने चेतावनी दिनुभयो । उहाहरुले भारतले नेपाल माथीको हस्तक्षेप नरोके भारतीय भूमिमा पनि नेपालीले धावा बोल्ने चेतावनी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here