आर.के. चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा दादुरा– रुबेला खोप अभियान २०८०÷०८१ सम्बन्धि अभिमुखीकरण कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतो, वडा नम्बर १ का अध्यक्ष बाशुदेव महतो थारु, वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा ३ का अध्यक्ष मोजामिल अन्सारी, वडा नम्बर ४ का अध्यक्ष महम्मद आरीफ, वडा नम्बर ५ का अध्यक्ष आशेश्वर यादव, वडा नम्बर ६ का अध्यक्ष मुन्ना कमकर, वडा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार, प्रशासन शाखा प्रमुख अरबिन्द ठाकुर, समाजिक विकास शाखा प्रमुख विनोद यादव, महुवन स्वास्थ्य शाखा प्रमुख सरोज गिरी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियारले दादुरा– रुबेला खोप अभियान २०८०÷०८१ बारे जानकारी गराउनु भएको थियो । उहाँले दादुर– रुबेला खोप ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरेर संचालन गर्न लागिएको जानकारी पनि दिनुभयो ।उहाँले ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरु जसले डि.पि.टी, बि.सि.जी. र पि.सि.भि खोप लिन छुटेका बालबालिकाहरुलाई पनि अभियानको क्रममा सो खोप लगाइने जानकारी दिनुभयो ।सखुवाप्रसौनी गाउँपालिकामा फाल्गुन १३ गतेदेखि ९ दिनसम्म दादुरा– रुबेला खोप अभियान संचालन हुने उहाँले बताउनुभयो ।


















