जियालाल चौधरी
कोल्हबी,क्षमता घरेलु लघुवित्तिय संस्था कार्यालय कोल्हबीले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै कोल्हबी नगरपालिका वडा नम्बर २ बगेयावा र वडा नम्बर ४ को प्रगतिनगरमा रहेको दलित समुदायको बस्तीका ३० दलित परिवारलाई एक समारोहबीच मंगलबार खाद्यान्न वितरण गरेको छ । संस्थाले एक घर परिवार बराबर ३० किलो चामल, २ किलो दाल, १ लिटर तेल, २ पोका नुन, १ किलो सोयाबिन र २ थान नुहाउने साबुन वितरण गरेको हो ।
कोल्हबी क्षेत्रका जनतालाई विगत ६ वर्षदेखि सेवा प्रदान गर्दै आएको सो संस्थाले सरकारले लागू गरेको निषेधाज्ञाका कारण दैनिक मजदुरी गरि जीवनयापन गर्ने घर परिवारलाई दुई छाक टार्न र परिवार पाल्न धौ धौ परेपछि खाद्यान्न वितरण गरेको संस्थाको कोल्हबी शाखा कार्यालयका प्रमुख अरुनकुमार चौधरीले बताउनुभयो ।