वीरगंज ,२५ भदौं ।
वीरगंजमा आयोजित मधेस प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बाराको मनकामना मावि प्रथम भएको छ।
नेशनल प्याब्सन मधेस प्रदेश समितिले शनिबार आयोजना गरेको प्रतियोगितामा बाराको मनकामना मावि प्रथम, सप्तरीको शिव ईन्टरनेशनल मावि दोस्रो र धनुषाको जानकी विद्या मन्दिर तेस्रो भएको छ ।
प्रतियोगितामा पर्साबाट वीरगंजको सिद्धार्थ एकेडेमी सहित बारा, रौतहट, सर्लाही , महोतरी ,धनुषा , सिरहा र सप्तरीका गरि आठ वटा निजी विधालयले भाग लिएका थिए ।
एन प्याब्सनका मधेस प्रदेश अध्यक्ष डा.नन्दन यादवको अध्यक्षता एंव पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल झाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेशनल प्याब्सन केन्द्रीय उपाध्यक्ष बजेन्द्र मिश्र, सल्लाहकार राम बिनय चौरसिया, केन्द्रीय सचिव अलि अन्सारी, पूर्व सचिव थानेश्वर साह, केन्द्रीय सदस्यहरु ईन्द्रदेव साह, राम प्रसाद अधिकारी, चन्द्र नारायण मण्डल, बारा जिल्ला अध्यक्ष प्रभु कुशवाहा,पर्सा जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
पत्रकार उज्ज्वल घिमिरेले संचालन गरेको कार्यक्रममा क्विज मास्टरको भूमिका माउण्ट हर्मन माविका प्रधानाध्यापक सन्तोष साहले र स्वागत मन्तव्य सचिव जितेन्द्र प्रसाद यादवले गरेका थिए।