कलैया,बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवमाथि दुव्र्यवहार गरेको आरोपमा अजय यादवसहित दुईजना पक्राउ परेका छन् ।शनिवार साँझ गाउँपालिका अध्यक्ष यादव गाउँ प्रहरीको घरबाट भोज खाएर मोटरसाइकलमा फर्किने क्रममा ईलाका प्रहरी कार्यालय कवहीगोठअगाडि रोकेर दुव्र्यवहार गरेको आरोपमा स्थानीय अजय यादव र रुस्तम हवारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुबै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ ।
















