सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयले शुक्रवार सुत्केरी महिलालाई प्रोत्साहन पोषण भत्ता वितरण गरेको छ ।वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष चयन गुरुङले पाँच हजारका दरले ७० जनालाई पोषण भत्ता वितरण गर्नुभएको हो । सुत्केरी तथा गर्भवती अवस्थामा आवश्यक पर्ने स्याहार र आहारका लागि वडा कार्यालयले पोषण भत्ता वितरण गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । वडा कार्यालयले अघिल्लो वर्ष पनि वडा भित्रका ६० जना महिलालाई पोषण भत्ता वितरण गरेको थियो । कार्यालयले आफ्नो वडास्तरीय योजनामा सुरक्षित मातृ स्याहार कार्यक्रम संचालन गर्दै आएको छ ।सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु, निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नुरहेको वडा अध्यक्ष गुरुङले बताउनुभएको छ ।
तस्बिरः सौजन्य

















