आर.के.चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । गाउँपालिका वडा नम्बर २ को औराहा पंचगावास्थित दलित भवनमा भएको भेलले सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर १ देखि ६ नम्बरसम्मका वडामा माओवादी केन्द्रको वडा समिति गठन भएको हो ।
माओवादीका जिल्ला कमिटी सदस्य लाल बिहारी रामको अध्यक्षतामा र प्रदेश २ का प्रदेश सभा सदस्य श्री बालेश्वर चौधरी थारुको प्रमुख अतिथ्यितामा २९ सदस्य कमिटी गठन भएको छ । नवा गठित २ नम्बर कमिटीको अध्यक्षमा हिरालाल राम, सचिवमा तुलसी चौधरी, वडा ३ को अध्यक्षमा जोगिन्द्र राउत कुर्मी, सचिवमा प्रमानन्द राम, वडा ५ मा अध्यक्ष सतीराम पसवान, सचिवमा रामधार राम र वडा नम्बर ६ को अध्यक्षमा मुकेश साह तेली, सचिवमा बिद्यासागर यादव रहेको वडा समिति चयन भएको जिल्ला कमिटी सदस्य लाल बिहारी रामले जानकारी दिनुभयो ।