चारकोसे झाडीकोबीच भएर गएको पूर्वपश्चिम लोकमार्ग जंगली जनावरको मृत्यु हुने क्रम बढदै गएको छ । त्यसैगरी सडक खण्ड निकै साँघुरो छ र जसका कारण पनि बेला बेलामा मानिस र जंगली जनावरकाबीचमा द्वन्द हुने गर्दछ । यही क्रममा मानिसको त मृत्यु भएको छैन तर जनावरको भने मृत्यु भएको छ । त्यसो त हात्तीले भने यस क्षेत्रमा ठूलै आतंक बेला बेलामा मच्चाउने गरेको छ । जसका कारण ठूलै मानवीय क्षति पनि भएको छ ।

यसरी मानिस र जनावरबीचको द्वन्द रोक्नका लागि पनि दीर्घकालिन नीति बन्न आवश्यक छ । भविष्यमा ठूलै महत्व रहेको काठमाडौंलाई तराई जोड्ने फाष्टट्याक अथवा दु्रतमार्गको कुरा जोडतोडले उठिरहेको छ । दु्रतमार्ग निर्माणको सवालमा जनवरहरुका लागि पनि सडकको व्यवस्था गरिने कुरा आएको छ । यो निकै महत्वपूर्ण कुरा हो ।

किनभने यिनीहरुको व्यवस्थापन हुन सकेन भने फेरि पनि जनावर र मानिसबीचमा द्वन्द बढ्ने निश्चित छ । यसले दुबै पक्षलाई घाटा गर्ने छ । त्यसैले पनि प्रकृतिमा रमाउने जनावरहरुको बिषयमा पनि नीति बनाउन अति आवश्यक छ । यही नीति नहुदा धेरै क्षति हुने गरेको छ । अब आशा गरौं काठमाण्डौं– तराई दु्रतमार्गमा यो समस्या रहने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here