मल कृषि कर्मका लागि नभइ नहुने सामग्री हो । खेती किसानीका लागि मल आवश्यक पर्ने भए पनि नेपालमा भने जहिले पनि चाहिएको बेला मलको हाहाकार हुने गरेको छ । मल मुलत ः दुई प्रकारका हुन्छन् । प्रांगारिक मल भने कृषक आफैले. बनाउने गर्दछन् भने रासायनिक मल आयात हुने गर्दछ । भारतको बाटो भएर आयत हुने रासायनिक मलमा भने कृषकहरुले जहिले पनि सास्ती खेप्न परेको छ ।

कृषकका लागि आवश्यक पर्ने मल अबैध बिक्री गरेको वा लुकाएको आरोपमा कलैयाको एउटा सहकारीको गादाममा प्रहरीले छापामारी गरेको छ । मल न त खान मिल्ने कुरा हो न त लगाउन नै । खेतीमा हाल्ने हो तै पनि यसैमा कालाबजारी छ । यसैमा अनियतिता छ । भनेपछि मलमा कत्तिको छल हुदोरहिछ भन्ने तथ्य यही कुराले पनि पुष्टि गर्छ ।

धानमा मल हाल्ने बेला भयो, अभाव नै छ । गहँुँका लागि मल आवश्यक हुने. बेलामा पनि अभाव नै छ । अनि सरकारका अधिकारीहरुले भने मल अभाव नभएको र नहुने कुरा गर्छन् । मलमा छल नहोस् भन्ने कृषकहरुको चाहना बिचौलिकाहरुका कारण पनि पूरा हुन सकेको छैन । कृषि प्रधान देशमा कृषकमाथि नै छल हुनु भनेको बिडम्बनाको कुरा हो ।

Leave a Reply