वीरगन्ज,वीरगन्ज सुख्खा बन्दरगाहमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउसो सुख्खा बन्दरगाहभित्र ट्रकले ठक्कर दिदा ५० बर्षिय क्लियरिगं एजेन्ट बिनोद अग्रवाल तोदीको मृत्यु भएको हो ।
सुख्खा बन्दरगाहको कन्टेर यार्डमा मोटरसाइकलमा अडेस लागेर उभिरहेको अवस्थामा ना ४ ख ८०३ नम्बरको ट्रकले ठक्कर दिएपछि सिकिस्त घाइते भएका तोदीलाई उपचारको लागि नारायणी बयोधा अस्पतालमा लगिएकोमा उपचारको क्रममा तोदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार भएकाले खाजतलास जारी रहेको प्रहरीले जनाएको छ ।