बैशाख १० गते सम्पन्न भएको उपचुनावमा मत परिणाम धमाधम आइरहेको छ । बाराको क्षेत्र नम्बर २, चितवन २ तथा तनहुँ १ मा आइतवार भएको निर्वाचनमा नयाँ शक्तिको रुपमा हालै उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले बाजी मार्ने लक्षण देखिएको छ ।एक वर्ष पनि नभएको यि दुबै पार्टीले यो निर्वाचनमा गज्जबको प्रगति गरेको देखिएको छ । मंसिर ४ कै निर्वाचनमा गतिलो झापड ठूला भनिएका दललाई हानेका रास्वपा र जनमत पार्टीले उपनिर्वाचनमा उनीहरुलाई झनै गतिलो झापड हानेको छ ।उपनिर्वाचनमा एमालेलाई भन्दापनि सत्ता गठबन्धनलाई निकै घाटा भएको छ । निर्वाचनमा गठबन्धन गरेको भएपनि जनताको मत भने गठबन्धनको उम्मेदवारतिर गएको देखिदैन । तनहुँकै कुरा गर्ने हो भने मतदाताले स्वतन्त्र पार्टीका उम्मेदवारलाई रोजेका छन् र उनको जित निश्चित जस्तै छ र चितवनको अवस्था पनि यस्तै छ । बारामा भने झिनो अन्तर छ । बारामा गठबन्धनका उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । नेकपा एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन ।सत्ताका लागि बनाइएको गठबन्धनको अर्थ छैन भन्ने कुरा त मत परिणामहरुले स्पष्ट बनाइ सकेको छ । उपनिर्वाचनको प्रारम्भिक रुझानले दलहरुप्रति जनतको बितृष्णा रहेको कुरा स्पष्ट देखिन्छ । अब पाँच वर्षमा ठूला भनिएका दलहरुले राम्रो काम गरेर जनमत जोगाउने कि सकिने उनीहरुकै हातमा छ ।

Leave a Reply