सिमरा,साइबर अपराध मुद्दामा बाराका पत्रकार सन्तोष देउजाले सफाइ पाउनुभएको छ । काठमाडौं जिल्ला अदालतले साइबर अपराध मुद्दामा देउजालाई मंगलबार सफाइ दिएको हो ।
न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले आफूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको देउजाले जानकारी दिनुभयो । देउजाको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गर्नुभएको थियो ।
देउजा कपुरबोट मिडिया प्रालिद्वारा सञ्चालित कपुरबोट युट्युब च्यानलका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ । देउजाले कलैयाका डा. नीलमकुमारी साह र डा. राजेशकुमार साह दम्पतीको झगडाको विषयमा युट्युब च्यानलमा अन्तर्वार्ता प्रसारण गर्नुभएको थियो ।
अन्तर्वार्ताको विषयमा असन्तुष्टि जनाउँदै डा. नीलम र उहाँका बुवा निरञ्जनप्रसाद साहले देउजाविरुद्ध मुद्दा दायर गरेका थिए ।