मंसिर ४ को आम चुनाव नजिकिदै गर्दा चुनावी सरगर्मी बढेसंगै चुनावी मैदानमा रहेका उम्मेदवार पनि तातिन थालेको अनुभूति भएको छ । मतदाताका बीचमा जाँदा उम्मेदवारहरुले अब भ्रमको खेती गर्न थाल्ने पो हो कि भन्ने आशंका पनि बढेको छ । मतदाता रिझाउनका लागि उम्मेदवारहरुले भुठो कुरा गर्न थालेपछि मतदाताहरुमा आक्रोश पलाउन थालेको छ ।
उम्मेदवारहरुले बुझ्न जरुरी के छ भने अहिलेका मतदाता भनेको हिजो २० बर्ष अगाडिका जस्ता छैनन् । उम्मेदवारहरु भने अहिले हेर्ने हो भने अधिकांश २० बर्ष पहिला पनि चुनावमा उठेका छन् । ऊ बेलामा भर्खर एक बर्ष रहेको ब्यक्ति आज मतदान गर्ने अवस्थामा पुगेको हुनाले उनीहरुलाई भ्रमको कुरा पच्य हुदैन ।
पछिल्ला दिनमा केही ठाउमा उम्मेदवारमाथि आक्रमण भएको कुरा आएको छ । राजनीतिक प्रतिषोत फरक कुरा भयो नत्र उम्मेदवारहरुले सक्ने र हुन सक्ने काममा मात्रै प्रतिबद्धता जनाउन आवश्यक छ । जथाभावी भ्रमको खेती गरेको खण्डमा भने उम्मेदवारहरुमाथि मतदाताहरु खनिने संभावना भएकाले पनि अब उम्मेदवार सचिन आवश्यक छ ।
















