सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एकिकृत समाजवादीको वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा जिल्ला सदस्य गंगा पटेलको नेतृत्वमा रहेको वडा कमिटीका सदस्यहरु नेकपा एमालेमा फर्किएका हुन । पटेल सहित नेपाली कांङ्ग्रेस पार्टी परित्याग गरी जयनाथ सहनी र भुवालप्रसाद कुशवाहा एक कार्यक्रमबीच एमालेमा प्रवेस गरेका छन ।
एकीकृत समाजवादीबाट एमालेमा फर्किनेहरुमा बन्धन चौधरी, कृष्णकुमार सिंह, मोहित ठाकुर लगायत ४५ जना रहेका छ्न । नव प्रवेसी र एमालेमा फर्किनेलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा बारा जिल्ला सहईन्चार्ज सरस्वती चौधरी, एमाले बाराका पूर्वअध्यक्ष देवनारायण चौधरी, प्रदेश कमिटी सदस्य भुदेब चौधरी, एमाले बाराका नेता मनोज पौडेल, जिल्ला सदस्यहरु अनिता चौधरी र सरिता सापकोटा लगायतले स्वागत गर्नुभएको थियो ।
वडा अध्यक्ष पुनदेब राय भरको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष कैमुदिन अन्सारी, वडा नम्बर ९ का अध्यक्ष प्रभुनाथ चौधरी, जिल्ला कमिटीका पूर्व सदस्य सुनिल गुप्ता, त्रिलोक बिक्रम साह, मनोज साह, अनिल गुप्ता, फिरोज अन्सारी, अनेरास्ववियुका केन्द्रीय सदस्य मनिष प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण छोटेलाल चौधरीले गर्नुभएको थियो भने स्वागत शिबशंकर कुशवाहले गर्नुभएको थियो ।