सिमरा,जीतपुरसिमरा– २३ भलहीस्थित एरोटेक प्रा.लि.ले सार्वजनिक कुलो मिचेर पर्खाल बनाएको भन्दै स्थानीयले विरोध गरेका छन ।स्थानीयको विरोधपछि जीतपुरसिमरा उपमहानगरले पनि उद्योगलाई पत्र काटेको छ । सार्वजनिक कुलो मासेर पर्खाल बनाएको, नापनक्सा नगरेको र स्वीकृत समेत नलिएको उजुरी परेपछि उपमहानगरपालिकाले उद्योग व्यवस्थापन पक्षलाई पत्रचार गरेर सबुत प्रमाण लिई उपस्थित हुन भनेको छ ।सिलिन्डर बनाउने उद्योगमा हाल पूर्व–उत्तरतर्फ पर्खाल निर्माण हुदै छ । यसअघि पनि कुलो मिचेर भवनहरु बनाएको पाइएपछि काम रोकेको पूर्ववडा अध्यक्ष अस्लम अन्सारी बताउँनुहुन्छ ।यता वडा अध्यक्ष मुस्तकी अन्सारीले पर्खाल निर्माणका लागि उद्योगले वडा कार्यालयमा स्वीकृतिका लागि निवेदन दिएको जानकारी दिनुभएको छ । तर स्वीकृत दिन बाँकी रहेको अवस्थामा निर्माण कार्यअघि बढाईएको उहाँले बताउनुभयो । अध्यक्ष अन्सारीका अनुसार ८ फिटको कुलो कायमै राखेर पर्खाल सिधा गरि बनाउने क्रममा २÷३ फिट च्यापिएको हुनसक्ने बताउनुभयो ।




















