बरियारपुर,बिगत १२ वर्षदेखि डाँका तथा चोरी मुद्दामा फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । सम्मानित बारा जिल्ला अदालतको २०६६ मंसिर १६ गतेको फैसला आदेशले ६ वर्ष कैद र नगद ६४ हजार ५ सय जरिवाना फैसला सुनाइएपछि फरार रहेका बिश्रामपुर गाँउपालिका वडा नम्बर ६ निवासी वर्ष ४० को पन्नालाल महतो धानुकलाई पक्राउ गरिएको हो । आफ्नै गाउँघरमा लुकिछिपी बस्दै आएका धानुकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेको उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि वीरगन्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here