रौतहट,नेकपा एमाले रौतहट जिल्ला कमिटीमा नव निर्वाचित पदाधिकारी तथा लेखा समितिका सदस्यहरुलाई सोमवार एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।गत गत माघ २९ गते सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी, सदस्य, लेखा समितिका पदाधिकारी र सदस्यहरुलाई गरुडास्थित तुलसीलाल अमात्य स्मृति भवन तथा जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सपथग्रहण गराइएको थियो ।
जिल्ला अधिवेशनबाट रौतहट जिल्ला कमिटीको अध्यक्षमा सचितानन्द साह, उपाध्यक्ष रुपेश पटेल, सचिव बाबुराम दाहाल, उपसचिब अबधेश यादब, महिला उपसचिवमा मुना लामिछाने लगायत १ सय १७ जना निर्वाचित भएका थिए ।
यसैगरी लेखा समितिको अध्यक्षमा ताराचन्द्र पटेल (पवन), उपाध्यक्षमा रमेश तिमलसिना, सचिवमा रवि मिश्र लगायत ७ जना निर्वाचित भएका छन ।पार्टी जिल्ला अध्यक्ष सचितानन्द साह र लेखा समितिका अध्यक्ष ताराचन्द्र पटेललाई निर्वाचन समितिका संयोजक वीरबहादुर गोलेले सपथ ग्रहण गराउनुभएको थियो ।
त्यसैगरी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला अध्यक्ष साह र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई लेखा समितिका अध्यक्ष पटेलले सपथग्रहण गराउनुभएको थियो ।
सपथ ग्रहण कार्यक्रमका मधेस प्रदेश ईन्चार्ज योगेश भट्टराईले नव निर्वाचित कमिटीलाई बधाई दिदै सक्रिय भएर पार्टीको काम गर्न आग्रह गर्नुभएको थियो । रौतहट जिल्लामा अब संगठनको काम तीव्र रुपमा गर्न र संगठित सदस्यहरुको वृद्धि र संगठनलाई सबै पालिकाको टोलटोलमा पु¥याउन उहाँले आग्रह गर्नुभयो ।संगठन बलियो हुने बितिकै अर्को निर्वाचनमा ४ वटै क्षेत्रमा नेकपा एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने उहाँको दाबी छ ।कार्यक्रममा केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झा, नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष चण्देश्वर मण्डल, एमाले नेता अखिलेश चौधरी, गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवाल, मधेश प्रदेशका संसद केशव चौधरी, पार्टीका मधेश प्रदेश सदस्य अंशु सिंह लगायतले शुभकामना व्यक्त गरेका थिए ।
जिल्ला अधिवेशनबाट चन्द्रपुर नगरपालिकाले ११ जना सदस्य पाएको छ भने माधबनारायण नगरपालिकाले ९ जना सदस्य, गरुडाले ८, राजदेबी नगरपालिकाले ७, गौर नगरपालिकाले ७ र गुजरा नगरपालिकाले ६ जना सदस्य पाएका छन ।
यसैगरी राजपुर, बृन्दावन र गढीमाईबाट ५-५ जिल्ला कमिटी सदस्य परेका छन । यस्तै यमुनामाई र दुर्गाभगवती गाउँपालिकाबाट ३÷३ जना सदस्य रहेका छन भने इशनाथ, मौलापुर, देवाही गोनाही र फतुवा बिजयपुर नगरपालिकाबाट पनि ३÷३ जना जिल्ला सदस्य छन ।त्यस्तै बौधीमाई नपामा २ जना, कटहरिया नपामा २ जना, परोहामा १ जना जिल्ला सदस्यमा निर्वाचित भएका छन । जिल्ला कमिटीमा ५ जना पदाधिकारी र लेखा समितिमा अध्यक्ष तथा पदाधिकारी सहित ७ जना रहेका छन ।


















