काठमाण्डौं,काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ सेतो पहरामा कार दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।शुक्रवार राति भएको दुर्घटनामा १ जना घाइते भएका छन् । काठमाण्डौबाट चित्लाङका लागि छुटेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खस्दा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिनुभयो ।दुर्घटनामा काठमाण्डौको मैतिदेवी बस्ने वर्ष ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्ने डाक्टर महेशकुमार गौतम, ६ वर्षीया स्मारिका गौतम र ४ वर्षका प्रियान्स गौतमको ज्यान गएको हो ।दुुर्घटनामा ज्यान गुमाएकी ६ वर्षीया स्मारिका गौतमकी आमा डा सृष्टि तिवारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।



















