निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ४ स्थित कछडिया सामुदायिक वनमा एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।कछडिया सामुदायिक वन क्षेत्र अन्तर्गत बकैया खोला किनारको झाडीमा वयस्क पोथी बाघ मृत फेला परेको सब डिभिजन वन कार्यालय तामागढीले जनाएको छ ।

मंगलवार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वन कार्यालयमा खबर गरेको सब डिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिनुभयो ।मरेको केही दिन भएकोले कुहिएर गन्हाएको अवस्थामा बाघ फेला परेको हो । वन अधिकृत भगतले चार–पाँचदिन अगाडि नै मरेको हुन सक्ने अनुमान गर्नुभएको छ । उहाँले सो बाघ करिब आठ÷१० वर्षको हुनसक्ने पनि जानकारी दिनुभयो । भगतका अनुसार बाघको मृत्युको कारण भने खुलिसकेको छैन । ‘परीक्षणको लागि पठाइएको छ, उहाँले भन्नुभयो, रिपोर्ट प्राप्त भएपछि मात्रै कारण पत्ता लाग्छ ।’

योसँगै पछिल्लो एक महिनाभित्र बारा जिल्लामा मात्रै दुईवटा बाघ मरिसकेका छन् । यसअघि बाराको मा एउटा बाघ मृत अवस्थामा फेला परेको थियो । त्यसैगरी एक महिनाअघि पनि निजगढ ४ स्थित बाघ भैरव सामुदायिक वन क्षेत्रको जंगलमा एउटा चितुवा मृत अवस्थामा भेटिएको थियो । ।
पछिल्लो १ महिनाको अवधिमा पर्सा जिल्लामा पनि २ वटा बाघ मृत अवस्थामा फेला परेका थिए ।यसरी बाघ मर्ने क्रम बढ्न थालेपछि संरक्षण विद्हरुले चिन्ता व्यक्त गर्न थालेका छन । ‘बाघ मर्ने क्रम बढ्नु चिन्ताको कुरा हो, पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र ले भन्नुभयो, कारण पत्ता लगाएर नियन्त्रणमा ध्यान दिनुपर्छ ।’ उहाँले पछिल्लो समय बारा र पर्साको राष्ट्रिय वन क्षेत्रभित्र बाघ मृत भेटिएको जानकारी दिनुभयो । ‘बाघको संरक्षण कार्यमा सरोकारवाला निकाय थप गंम्भीर बन्न जरुरी छ, उहाँले भन्नुभयो, डिभिजन वन कार्यलयहरुमा पनि आवश्यक स्रोत साधन उपलब्ध गराएर संरक्षण कार्य गर्न जरुरी छ ।’

Leave a Reply