पुष्पराज खतिवडा

मनहर्वा,पूर्वपश्चिम लोकमार्ग अन्तर्गत निजगढ– पथलैया सडकखण्डमा पर्ने १६ किमीको जंगलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा शनिबार राति तिन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर ९ का १६ बर्षीय बिकास साह, उनकी फुपु पर्सा जिल्ला डकेला बहुअरीकी ३५ बर्षिया सुनैनादेबी साह र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ पैनीटोलका ४० बर्षिय टुलुराज तामाङ्ग रहेका छन । फुपु सुनैनादेबीलाई पछाडि राखेर पथलैयाबाट निजगढतर्फ आउदै गरेका विकासले चलाएको प्रदेश २ ०३ ००२ प ५३३५ नम्बरको मोटरसाइकल र टुलुराजले चलाएको बा ६५ प २७५६ नम्बरको एन एस २०० पल्सर मोटरसाइकल लोकमार्गबाट जीतपुरसिमरा वडा नम्बर १६ टाँगियावस्तितर्फ जाने कच्ची सडक नजिक राति करिब ९ः३० बजे एकआपसमा ठोक्किदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो । दुर्घटनापछि टुलुराजले चलाएको मोटरसाइकलमा आगलागी हुँदा जलेर पूर्णरुपमा नष्ट भएको छ । सडकका अन्य यात्रुले मोबाइलबाट फोन गरेर जानकारी गराएपछि इप्रका निजगढको टोली दुर्घटना भएको करिव १० मिनेटपछि नै घटनास्थल पुगेको थियो । तीव्र गतिका कारण अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हुन सक्ने निरीक्षक चौधरीको अनुमान छ ।

Leave a Reply