सिमरा,रोट्रयाक्ट क्लब अफ सिमरा बाराको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सिमराको श्रेष्ठ रेसिडेन्सी होटलमा भएको कार्यक्रममा सन् २०२१÷२२ का अध्यक्ष अनिमेश श्रेष्ठले २०२२÷२३ का अध्यक्ष सुनील साहलाई पद हस्तान्तरण गर्नुभएको हो । श्रेष्ठले साहलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा रोटरी वर्ष २०२१÷२२ का रोट्रयाक्ट क्लव अफ सिमरा बाराका पूर्वअध्यक्ष अनिमेश श्रेष्ठले साहलाई र अध्यक्ष साहले रोट्रयाक्टका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । पद ग्रहण गर्दै अध्यक्ष साहले आफ्नों कार्यकालमा हुने कार्ययोजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा वर्ष २०२१÷२२ का अध्यक्ष श्रेष्ठले आफ्नों कार्यकालको प्रगति प्रतिवेदनसँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले क्लबमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लबका पदाधिकारी र बेस्ट कोर्डिनेटर, रोट्रयाक्ट अ‘ाफ ईयर, एक्टिभ मेम्बर लगायतलाई अवार्डसमेत प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जीतपुरसीमरा उपमहानगरपालिकाका प्रमुख राजनप्रसाद पौडेलले क्लबमा आवद्ध युवाहरुले व्यक्तित्व विकाससँगै समाजमा उदाहरणीय कामहरु गर्न सुझाउनुभयो ।

नवनिर्वाचित समितिका पादधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै नगर प्रमुख पौडेलले नगरपालिका सहकार्य गरेर अगाडि बढन तयार रहेको बताउनुभयो । विशिष्ठ अतिथि जीतपुरसीमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले रोट्रयाक्ट क्लव अफ सिमराको कार्यलाई आफूले नजिकबाट हेरेको बताउँदै क्लबले प्रशंसनीय कार्य गर्दै आएको बताउनुभयो । उहाँले यस वर्ष पनि आवश्यक सहकार्यका लागि तयार रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

जोन ३ का जेड.आर.आर संदिपराज ओझाले जोन ३ अन्तर्गत रहेको रोट्रयाक्ट सिमरा रोट्रयाक्टमा छुट्टै पहिचान बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत योजनाहरुलाई कार्यान्वय गर्दै क्लबको उचाईमाथि पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जे.सी.आई सिमराका अध्यक्ष पुरुषोत्तम अधिकारी, रोट्रयाक्ट क्लब अफ सिमराका सल्लाहकार सुदिप लामा, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का पब्लिक ईमेज चेयर दिपुकुमार वर्णवाल, डिष्ट्रिक पब्लिक रिलेशन अफिसर रजिश कलवार, रोटरी नेपाल लिटरेसी मिसन चेयर आयुष गुप्ता र विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here