निजगढ,निजगढ पूर्वको धन्सार जंगलमा मोटरसाइकल हाक्दै आएको एक जना यात्रीको अचानक मृत्यु भएको छ ।
आफैले मोटरसाइकल चलाएर निजगढतर्फ आउदै गरेका रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ घर भएका ४८ वर्षिय गुलाब नारायण साह तेलीको बुधवार साँझ मृत्यु भएको निजगढ प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले दिएको जानकारीअनुसार कटहरियाबाट निजगढ आउदै गरेका साहको शव धन्सार पुल पश्चिमको राजमार्गको जंगलमा मोटरसाइकलसंगै करिव ५.३० बजे फेला परेको निजगढ प्रहरीले जनाएको छ ।
राजमार्गका यात्रीले खबर गरेपछि पुगेको प्रहरीले साहको शव निजगढ ल्याएर हिजो नै पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ । प्रहरी कार्यालयमा आएका मृतक साहका आफन्तका अनुसार साह लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगले पीडित थिए ।

















