नरेश गुप्ता

बरियारपुर,बाराको कलैयामा भएको किर्ते हस्ताक्षर विरुद्धको धर्ना कार्यक्रम तत्कालको लागि स्थगित गरि चरणवद्ध रुपमा विरोधका कार्यक्रम गर्न बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाइएको छ ।

जनता समाजवादी पार्टी नगर कमिटी सिम्रौनगढका अध्यक्ष किशोरी जैसवालले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापनपत्र बुझाउनुभएको हो । सिम्रौनगढ नगरपालिकाको नगरसभामा किर्ते हस्ताक्षर प्रकरणमा सरकारी वकिल कार्यलय बारा विरुद्धमा शुक्रवार १३ औं दिनमा पुगेर धर्ना कार्यक्रम तत्कालको लागि स्थगित गरि नगरपालिकाका विभिन्न टोल र बजार क्षेत्रमा भाद्र २५ गतेदेखि चरणवद्ध रुपमा धर्ना दिने निर्णय भएको सिम्रौनगढ कार्यपालिका सद्स्य प्रमानन्द मुखियाले बताउनुभयो ।

कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै जनता समाजवादी पार्टीले नगरसभामा भएको भनिएको किर्ते हस्ताक्षर विरुद्धमा दिदै आएको धर्ना आन्दोलनको स्वरुप परिवर्तन गरि सुरक्षा सतर्कता मापदण्ड पूरा गरि विरोधको कार्यक्रम संचालन गर्ने ज्ञापन पत्रमार्फत प्रजिअ पौडेलको ध्यानाकर्षण गराइएको हो ।

Leave a Reply