सिमरा,बुद्ध एयरले यही भदौ १६ गतेबाट बाराको सिमरादेखि पोखरासम्मको उडान शुरु गर्ने भएको छ ।

प्रतेक हप्ताको आइतवार, बुधवार र शुक्रवार गरी ३ दिन दिउँसो १ बजेर १५ मिनेटमा उडान हुने बुद्ध एअरको वीरगन्ज सिमरा स्टेशनले जानकारी दिएको छ ।

तत्कालका लागि १८ सिटको हवाईजहाजबाट शुरु गर्ने र यात्रुहरुको माग र आवश्यक्ताअनुसार सिट संख्या बढाउँदै लैजाने बुद्ध एअरको वीरगन्ज सिमराका स्टेशन म्यानेजर सुरेशकुमार रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार सेवा तथा सुविधाअनुसार ३ तहमा भाडा विभाजन गरिएको छ । ४ हजार ७ सय २५, ५ हजार २ सय ५५ र सबैभन्दा बढी ७ हजार १ सय २५ रुपैयाँ भाडा निर्धारण गरिएको रेग्मीले बताउनुभयो ।

सिमरा पोखरा उडान शुरु भएपछि अत्यावश्यक कामका लागि बस कुर्नुपर्ने र ८ देखि १० घण्टाको समय खर्चिनु पर्ने बाध्यता हट्ने सर्वसाधारणको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here