बीरगंज २६ कार्तिक ।
डि.ए.भी.आर.बी. केडिया स्कूल बीरगंजले यस बर्ष देखि स्व.शंकरलाल केडिया ८७ औं जन्म उत्सवको उपलक्ष्यमा श्री शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ । सो प्रतियोगिता कार्तिक २७ गते शुरु भई मंसिर २ गते सम्म चल्नेछ ।
उक्त खेलमा बीरगंजका ९ (नौ) तथा सिमराका ३ (तिन) विद्यालयहरुको सहभागिता रहने छ । सो फुटबल प्रतियोगिताको उद्घाटन कार्तिक २७ गते आईतबारको दिन दिउंसो १२ः१५ मा हुनेछ भने पहिलो खेल डिएभी स्कूल तथा लोटस एकेडमी सिमराको बिचमा हुनेछ ।
प्रतियोगितामा डिएभी आरबी केडिया स्कूल, दिल्ली पब्लिक स्कूल, ज्ञानदा एकेडेमी, कादम्बरी एकेडेमी, साउथ जोन माध्यमिक विद्यालय, जिवन ज्योति माध्यमिक विद्यालय, मनकामना माध्यमिक विद्यालय, जिएचपी माध्यमिक विद्यालय, लिटिल फ्लावर माध्यमिक विद्यालय, सिमरा पब्लिक स्कूल (सिमरा), लोटस एकेडेमी (सिमरा) र न्यु एकता माध्यमिक विद्यालय (सिमरा) ले फुटबलमा सहभागिता जनाएका छन
उक्त प्रतियोगितामा सहयोगीको रुपमा आर्यन एजुकेशन फाउण्डेशन, लक्ष्मी पुस्तक भण्डार, हरिओम गारमेन्टस्, विश्वराज कन्सट्रक्सन, शिखर इन्स्योरेन्स, क्ष्mउष्तिथ क्ष्त क्यगितष्यलक, गोविन्द प्रिन्टि· प्रेस, मंगल बुक्स, तनिशा ट्रेड लिंक, आर्ट सोल्युशन, न्यु लक्ष्मी अफसेट प्रेस, पिक सिक्योरिटी, रहेका छन ।