नरेश गुप्ता
बरियारपुर,सड्क विस्तारको विषयलाई लिएर झड्प हुँदा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर– ३ नैकाटोला र वडा नम्बर ११ मा एक महिलासहित ४ जना गंभीर घाइते भएका छन ।
सड्क विस्तारको बारेमा स्थानीय सिंह परिवार र यादब परिवारबीच सुरु भएको विवाद झड्पमा परिणत हुँदा आइतवार बिहान ९ बजे उनीहरु घाइते बनेका हुन । सुरुमा स्थानीय मनोज सिंहको परिवारले अचानक बन्चरो प्रहार गरेपछि यादब समुहका ४ जना सिकिस्त घाइते भएका छन ।
घाइते हुनेहरुमा जयराम यादव, धर्मेन्द्र यादव, दिलवा देवी र मेराज यादव रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । घाइते भएका चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुको सिम्रौनगढ नगर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।
बन्चरो प्रहार गर्ने समुहका २ जना समेत सामान्य घाइते भएको र घट्ना बारेमा थप अनुसंधानका उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुर बस्ने रामनाथ साह र सुरेश साहबीच साइकलको बिषयलाई लिएर भएको अर्को झगडामा रामनाथ साह र निजकी श्रीमती कोशीला देवी घाइते भएकी छिन । त्यसैगरी सुरेश साह र निजका छोरा बिवेक साह, छोरी निरा कुमारी पनि घाइते भएको प्रहरीले जनाएको छ ।