निजगढ,पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै तत्काल निर्माण गर्न बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सडक विभागका महानिर्देशक अर्जुनबहादुर थापासंग आग्रह गर्नुभएको छ ।सांसद मैनालीले बिहीवार विभागमा पुगेर महानिर्देशक थापासंग पुल निर्माणको काम चाढै पुरा गर्न आग्रह गर्नुभएको हो । संघीय सांसद मैनालीले महानिर्देशक थापालाई ठेकेदार कम्पनीको लापरबाहीले पुल निर्माण कार्य अलपत्र परेको र यात्रुहरूले सास्ति बेहोर्दै आएको जानकारी गराउनुभएको मैनालीका स्वकीय सचिव दामोदर मैनालीले जानकारी दिनुभएको छ ।४ लेनको पक्की पुल निर्माण गर्ने गरी तीन वर्षअघि नै ठेक्का लागेको सो पुलमा एउटा पिलरको जग उठाउनेबाहेक अरु काम हुन सकेको छैन् । उता, सडक विभागका महानिर्देशक थापाले संझौताअनुसार चालू आर्थिक वर्षमा पुल निर्माण गरिसक्नुपर्ने बताउनुभएको छ । निर्माण कम्पनी महादेव खिम्ती हिराजन जेभीलाई आफूहरुले बारम्बार ताकेदा गरेपछि समय सिमाभित्र निर्माण पुरा गरेर हस्तान्तरण गर्ने आश्वासन दिएको पनि सुनाउनुभयो । कम्पनीले १५ करोड २३ लाखको लागत पुल निर्माणको ठेक्का सकार गरेको थियो ।

Leave a Reply