मुलुकका कतिपय जिल्लामा कोरोना बढेको भन्दै स्थानीय प्रशासनकहरुले कडाइ गरेका छन् । बारा र छिमेकी जिल्ला रौतहटमा कमै देखिएको कोरोना मकवानपुरमा भने उच्च रहेको भन्दै त्यहाँ निषेधाज्ञा जारी छ । तर पर्सामा भने निषेधाज्ञा हटेको एक महिना नै लगभग भयो भन्दा पनि हुन्छ । करिब एक महिनादेखि वीरगन्जमा लकडाउन वा निषेधाज्ञा छैन । अथवा यहाँ कोरोनाका संक्रमितहरु पनि कम छन् ।

कुनैबेला हटस्पट बनेको वीरगन्जमा अहिले कोरोना संक्रमितहरु सुन्यमा नै झरेको छन् भन्दा पनि हुन्छ तर पनि ढुक्क हुने अवस्था नभएको चिकित्सकहरुले बताएका छन् । कोरोनाको कहरकैबीचमा वीरगन्जका सामुदायिक विद्यालयहरु आइतबारबाट संचालमना आएका छन् । विद्यालय संचालनमा ल्याउनु आफैमा महत्वपूर्ण कुरा पनि हो । किनभने विद्यार्थीहरुलाई कहिलेसम्म किन थुनेर राख्ने यो महत्वपूर्ण कुरा हो । बरु शिक्षकहरुलाई खोपको व्यवस्था गर्ने र विद्यार्थीहरुलाई पनि उचित व्यवस्था गरी विद्यालय संचालन गर्ने निर्णय वीरगन्ज महानगरपालिकाले गरेको होला र हुनु पनि पर्दछ । विद्यार्थीलाई खोप लगाउने सवालमा अहिले नै सरकारले नीति लिएको छैन तर शिक्षक कर्मचारीहरुलाई खोप आवश्यक छ । अनि स्वास्थ्य सुरक्षाका सावधानीहरु पनि उसैगरी अपनाएको खण्डमा विद्यालयहरु पक्कै सुरक्षित रहनेछ । अन्यथा यसले भयावहक रुप लिन पनि सक्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here