निजगढ,निजगढ नगरपालिकामा बस पार्क निर्माण हुने भएको छ । संघीय सरकार शहरी विकास मन्त्रालयको सहयोगमा निजगढ ९ स्थित बकैया आर्यघाट नजिक आगामी वर्षको बजेटबाट सुविधा सम्पन्न बस पार्क निर्माण हुने भएको हो ।
निजगढ नगरपालिका कार्यालयको सिफारिस र बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको पहलमा बस पार्कसहित शहरी विकास मन्त्रालयले बस पार्कसहित निजगढ स्मार्ट सिटी स्मार्ट एप्लिकेशन निर्माण गर्न आगामी आर्थिक वर्षको लागि ३ करोड रुपैया बिनियोजन गरेको नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।

शहरी विकास र भौतिकपूर्वाधार मन्त्रालयले आगामी वर्षको लागि निजगढमा १८ करोड रुपैयाको लागतमा विभिन्न १ दर्जनभन्दा बढी योजनाहरु संचालन गरिने नगर प्रमुख पुरीले बताउनुभयो ।मन्त्रालयले निजगढ बस पार्कसहित निजगढ ९ को गौरीशंकर क्याम्पस भवन, निजगढ २ को लोकप्रिय आधारभूत विद्यालय, निजगढ ११ को नेरामावि लालको भवन निर्माणमा ३ करोड छुट्याएको छ ।त्यसैगरी निजगढ़ नगरपालिका १३ डम्मरपुर– कोलगाउँ– रामथली– बुङ्गजोर हुँदै निजगढ नपा १० मोहोरीसम्मको सडक कालोपत्रे निर्माण र वडा नम्बर १ को चौबाटोदेखि शिव मन्दिर कछडिया टोल हाट बजारदेखि उत्तर पिपलटारसम्मको सडक स्तरोन्नति कार्यको लागि ३÷३ ३ करोड रकम बिनियोजन गरिएको छ ।
त्यसैगरी निजगढ– भरतगन्ज सिंगौल– फापरबारी सडक स्तरउन्नतिको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र निजगढ वडा नम्बर ४ गणेशमान सिंह पार्क मोहरीको व्यवस्थापन कार्यको लागि ३÷३ करोड रुपैया बिनियोजना भएको सांसद मैनालीका स्वकीय सचिव दामोदर मैनालीले जानकारी दिनुभयो ।

Leave a Reply