सिमरा,सडकमा रोकिराखेको ट्रकलाई पिकअप भ्यानले पछाडिबाट ठक्कर दिदा बिहीवार बाराको जीतपुरसिमरास्थित त्रिभुवन राजपथमा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर रहेका छन् ।घाइते हुनेमा पिकअप चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका नम्बर ८ बस्ने ४७ वर्षीय कृष्णहरि दाहाल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको घाटी र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै सोही दुर्घटनामा पिकअपमा सवार मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ बस्ने ३५ वर्षीय श्यामलाल गोले घाइते भएका छन् । उनको हातको पाखुरा, टाउको र छातीमा चोट लागेको छ । बेहोस अवस्था रहेका उनको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उपचार एल.एस.न्युरो अस्पताल परवानिपुर बारामा भइरहेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरास्थित शाह पेट्रोल पम्पअगाडि सो दुर्घटना भएको हो ।
सिमराबाट वीरगञ्जतर्फ जादै गरेको बा १३ च ३३०६ नम्बरको पिकअपले सडकको बाँया छेउमा रोकिराखेको ना ३ ख ३३५३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो ।ट्रक चालक फरार रहेकोले प्रहरीले खोजतलास गरिरहेको जनाएको छ । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ ।

Leave a Reply