बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकामा केरा खती गर्दै आएका किसान समस्यामा परेका छन् । उत्पादन भएका केरा बजारमा पठाउन नसक्दा निजगढका किसानहरु समस्या परेका हुन् ।

भारतमा उत्पादित केरा नेपालको बजारमा छ्यापछ्याप्ती सस्तो मूल्यमा भित्रिदा निजगढका किसानको केरा खेतमै पाक्ने अवस्थामा पुगेको सिंगौलका किसानहरुको गुनासो छ ।भारतमा उत्पादित सस्तो मूल्यका केरा बजारमा उपलब्ध हुँदा सिंगौलका किसानले मात्र नभई नेपालका अधिकांश किसानले उत्पादन गरेको केराले बजार पाउन सकेको छैन ।
अन्य खाद्य बालीको तुलनामा केराबाट राम्रो मुनाफा आर्जन गर्न सकिने भएकाले सिंगौलका स्थानीय विगत १५ वर्षदेखि केरा खेतीमा लाग्दै आएका छन् ।

राम्रो आम्दानी हुने भएकाले सिंगौलका ९० प्रतिशत किसान केरा खेती गर्दै आइरहेका छन् ।किसानले प्रतिकठ्ठा ५ हजार देखि ७ हजार रुपैयाँसम्म तिरेर जग्गा भाडामा लिएर केरा खेती गर्दै आइरहेका छन् ।उनीहरुले खेतीका लागि सिंगौलमा जग्गा अभाव हुँदा स्थानियले रौतहटको भोलनटार, गैडाटार, जुडिबेला, फुलवारी, गुजरा नगरपालिकाको सिम्रि, लाल रतनपुर लगायत अन्य स्थानमा जग्गा भाडामा लिएर केरा खेती गर्दै आइरहेका छन् ।

निगजढ सिंगौलाका किसान केरा खेतीतर्फ आकर्षित भएसँगै तीन वर्षअघि केराको पकेट क्षेत्र घोषणा गरिएको थियो ।
निजगढ नगरपालिकाले सिंगौललाई केरा पकेट क्षेत्र घोषणा गरे पनि उत्पादन बढाउन तथा बजारीकरणका लागि प्राथमिकता नदिएको स्थानीयको आरोप छ ।केरा पकेट क्षेत्र घोषणा गरेको निजगढ र सिंगौलमा नगरपालिकाले रसायनिक मलको व्यवस्थापन नगर्दा किसान भारतबाट आएको मल चर्को मूल्य तिरेर किन्नु पर्ने बाध्यतामा छन सिंगौलका किसानले सरकारले अनुदान बापत दिने रसायनिक मल प्रतिव्यक्ति २० किलोग्राम मात्र पाउँदै आएका छन् । नगरपालिका र वडा कार्यालयले केरा खेती गरिरहेका किसानको लगत संकलन गरेर छुट्टै रसायनिक मलको व्यवस्थापन गर्नु पर्ने स्थानिय कृषक बिक्रम लामाको माग छ ।किसानले वर्षभरि दुःख गरी तयार गरेको केरा बजारको अभावमा खेतमै पाक्ने अवस्थमा छ । केरा खेतमै पाकेर कुहिने गरेकोले वर्षेनी सिंगौलका किसानले लाखौं क्षति व्यहोर्नु परेको छ ।रसायनिक मलको व्यवस्थापनको सट्टा हालका लागि किसानले उत्पादन गरेको केरालाई बजारीकणको लागि सहयोग गर्न स्थानीयको नगरपालिकासँग माग छ ।

Leave a Reply