वीरगञ्ज,सशस्त्र प्रहरी बल पर्साले झन्डै १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।बुधवार सशस्त्र प्रहरी बल गुल्म, वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका– १६ स्थित भन्सार मेनगेट तथा विभिन्न सिमानाकाबाट भारततर्फबाट अवैध रूपमा भित्र्याउँदै गरेको नौ लाख ८७ हजार एक सय १५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो ।

बरामद सामग्रीमा कपडा, किराना सामान, मोटरपार्ट्स, हार्डवेयर, जुत्ता, र इलेक्ट्रिक सामान समावेश छन् । सामान विभिन्न यात्रुबाहक सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याइएको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु हरि घिमिरेले जानकारी दिनुभयो ।सशस्त्र प्रहरी बलले अवैध सामानको ओसारपसार रोक्न नियमित निगरानीलाई थप कडा पार्ने जनाएको छ ।

Leave a Reply