निर्वाचन आयोगले लामो समयपछि सोमबारबाट जसपा अर्थात जनता समाजवादी पार्टीको विवादलाई निरुपण गरिदिएको छ । मुलत :  तत्कालिन प्रधानमंत्री केपी शर्मा ओलीका कारण एक ठाउँमा उभिएका उपेन्द्र यादव, महन्थ ठाकुरहरु भने सोमबारबाट औपचिारक रुपबाट अलग भएका छन् । प्रतिगामी भनिएका केपी शर्मा ओलीमा महन्थ ठाकुर पक्ष सहभागी भएपछि जसपाको विवाद चुलिएको थियो ।

यो विवादले सोमबारबाट मुर्त रुप लिएको छ । अहिले आएर उपेन्द्र यादव शक्तिशाली अध्यक्ष सहित जसपा पनि आफ्नो पोल्टामा राख्न सफल भएका छन । राजनीतिक रुपमा सोमबारको निर्वाचन आयोगको निर्णयले लामो समयसम्म अर्थ रहनेछ । शुरुबाट नै विपक्षी गठबन्धनमा रहेका यादवले आफ्नो पक्षमा पार्टीलाई ल्याउन सफल भएपछि अब उनलाई धेरै काम गर्न सहज हुनेछ ।

शुरुमा उनी वर्तमान सरकारमा सहभागी हुने छन् । उपेन्द्र यादव आफै पनि सरकारमा सहभागी हुनेछन् र उनले आफ्नो पार्टीका एक तिहाइ सदस्यलाई पनि यो सरकारमा सहभागी गराउन सफल हुनेछन् । यो उनको राजनीतिक सफलता हो । त्यसो त धेरैले यो सरकारले नै आगामी चुनावी गराउने आँकलन गरेका कारण पनि उपेन्द्र यादवको भविष्य बढी शानदार देखिन्छ ।

Leave a Reply