निजगढ,निजगढ प्रहरीले मंगलबार एकजना गाँजाका तस्करलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटेको टोलीले कोल्हबी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३६ को बमभोले भन्ने शिवनारायण पन्जियारलाई सोमबार दिउसो कोल्हबी नगरपालिकाको पर्सौना बजारबाट पक्राउ गरेको हो ।
गत असोज ८ गते पूर्वपश्चिम लोकमार्गको निजगढ पश्चिम १६ किलो जंगल नजिक मोटरसाइकलसहित ८३ किलो गाँजा बरामद भएको घटनामा अनुसन्धान गर्दै जाँदा मंगलबार गाँजाको मुख्य तस्कर पक्राउ परेको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक शंकरप्रसाद चौधरीले बताउनुभयो ।
प्रहरीले लोकमार्गबाट मधुवनतर्फ जाने सडकमा बा ३ प ९६८१ नम्बरको पल्सर मोटरसाइकलसहित बेबारिेस अवस्थामा उक्त गाँजा बरामद गरेको थियो । प्रहरीलाई देखेपछि गाँजाका तस्करहरु मोटरसाइकल छोडेर फरार बनेका थिए । मोटरसाइकलको नम्बरको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल पन्जियारको नाममा रहेको पाइएको र सोही आधारमा पक्राउ गरिएको निरीक्षक चौधरीले बताउनुभयो ।
प्रहरीले गाँजा बरामद भएको स्थानबाट सोही दिन जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का रुपबहादुर रुम्बालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका रुम्बा निर्दोष रहेको भन्दै आफन्त र स्थानीयले रिहाइको माग गर्दै आएका थिए । तर प्रहरीले रुम्बालाई निजगढ प्रहरीले लागुऔषध सम्बन्धि कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेर अनुसन्धान जारी राखेको पनि बताएको छ ।
घटनाका मुख्य अभियुक्त पन्जियार पक्राउ परेपछि अनुसन्धाले अर्कैै मोड लिएको र रुम्बा रिहा हुन पनि सक्ने निरीक्षक चौधरीले बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले जिल्लाको सदरमुकाम गौर नगरपालिकामा छानविन सुरु गरेको छ । नगरपालिकाका योजनाहरुमा व्यापक अनियमितता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले आज झण्डै एक घण्टासम्म नगरपालिकाको आवश्यक कागजपत्र र फाइलहरु जांच गरेको थियो । गौर नगरपाकिला वडा नम्बर २ को शिवालय मन्दिर निर्माण र वडा नम्बर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना भएको लगायतका विषयमा आयोगमा परेको उजुरीको आधारमा अनुसन्धानका लागि बर्दिबासको टोलीले गौर नगरपालिकामा अनुसन्धान थालेको आयोगले जनाएको छ ।