जनकपुरधाम,मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार मन्त्री परिषद विस्तार गर्नु भएको छ ।
सत्ता समीकरण फेरिएपछि सरकारमा आएको नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद विस्तार गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नु भएको छ भने केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएको छ । नवनियुक्त मन्त्री जयसवाल स्वतन्त्र निर्वाचित भई नेकपा एमालेमा प्रवेश गर्नुभएका सांसद हुनुहुन्छ । उहाँ पर्सा क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित हुनुभएको हो ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनु भएको थियो भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गर्नुभएको हो ।


















