काठमाण्डौ – सरकारले आउँदो वैशाख २८ गते सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति समक्ष सिफारस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।यसअघि वैशाख १७ गते अधिवेशन बोलाउने सिफारिस गरिएको थियो । राष्ट्रपतिबाट अधिवेशन आह्वान भइसकेको भए पनि सरकारले पुनः स्थगित गरी वैशाख २८ गते बोलाउने निर्णय गरेको हो ।यो अवधिमा सरकारले ८ वटा अध्यादेश ल्याएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै सरकारले नयाँ मितिमा संसद् अधिवेशन आह्वान गर्ने निर्णय लिएको हो । नियमित प्रक्रियाअनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


















