प्रहरी आम नागरिकहरुको जिउधनको सुरक्षा गर्ने जिम्मा लिएर बसेको राज्यको निकाय हो । प्रहरी भनेपछि गलत गर्नेको होस हवास उठ्छ र सत्यका लागि भगवान बन्ने गर्दछ तर पछिल्ला दिनमा शासनसत्तामा रहनेहरुले प्रहरीलाई दुरुपयोग गर्न थालेपछि यसको गरिमामा आँच आउछ की भन्नेहरुको संख्या पनि बढी छ । त्यसो त प्रहरीको पछिल्ला सदनमा अपराध कर्मका सवालमा समेत भूमिका देखिन थालेको छ । बाराको पथलैयामा रहेका प्रहरीमाथिको भूमिकाको सवालमा प्रश्नचिन्ह खडा गरिएको छ । हुनत उनीहरुले खासै त्यस्तो गलत पनि नगरेका होलान् यद्यपि दाग लागेपछि प्रहरीको छविमा सुधार ल्याउन पनि समय लाग्छ । त्यसैले पनि हरेक पाइला पाइलामा प्रहरी सर्तक र सावधानी अपनाएर हिँड्न आवश्यक छ । यो सावधानीमा कमी आउदा प्रहरीमाथि आलोचना सहित आरोप पनि लाग्ने गरेको छ ।

प्रहरीले घुस खायो वा अवैध रकम असुल गरेको छ भनेर आरोप लगाइरहदा प्रहरीले पाएको दुःखको पनि समीक्षा हुन आवश्यक छ । एक त कम तलबमा दिनभर प्रहरीले डिउटी गर्न परेको छ । अर्को प्रहरीमा काम गर्ने सिपाहीको तलब अन्य क्षेत्रका कर्मचारीहरुको जसरी बढ्न सकेको छैन । त्यसैले पनि प्रहरीको सुबिधामा पनि ध्यान दिन सके प्रहरीमाथि लाग्ने आरोपमा कमी आउने थियो कि ? अनि प्रहरी संगठनमा पनि गलत मनोभावना रहेकाहरुमा शुद्धीकरण चैं आवश्यक पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here