वीरगञ्ज,वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार बाल कैदीबन्दी प्रकरणमा अनुसन्धान गर्नका लागि पर्सा प्रहरीले छानविन समिति गठन गरेको छ ।प्रहरी स्रोतका अनुसार प्रहरी नायब उपरीक्षक (डिएसपी) ध्रुवबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।प्रहरी लापरबाहीले बाल कैदीबन्दीहरु फरार भएको भनेर आलोचना हुन थालेपछि पर्सा प्रहरीले सत्यतथ्य छानविनका लागि छानविन समिति गठन गरेको स्रोतको भनाइ छ । छानविन समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन जिम्मा दिइएको छ ।उनीहरुलाई निर्देशन छ– कसको लापरबाहीले बाल कैदीबन्दीहरु फरार भएका हुन ? त्यसको सत्यतथ्य छानविन गरी चाँडै प्रतिवेदन बुझाउनु होला ।गत शुक्रवार वीरगञ्जको बाल सुधार गृहको पर्खालबाट हाम फालेर फरार बनेका २ जना बाल कैदीबन्दीहरुलाई प्रहरीले करिब ४८ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

Leave a Reply