हेटौंडा – बागमती प्रदेश सरकारले निर्माण गरेको हेटौंडाको वाइपास सडकको आज अनुगमन गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा निर्माण गर्न लागिएको हेटौंडाको चौकिटोल देखि कुख्रेनी सम्मको सडकको आज अनुगमन गरिएको हो ।हेटौंडाको मुख्य वजार क्षेत्रको सडकको चापलाई कम गर्ने उदेश्यले निर्माण गर्न लागिएको सडकको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले अनुगमन गरेको हो ।

 

 

 

 

 

 

 

 

 

 

चौकिटोलको झोलुङ्गे पुल देखि रापतीखोला किनारै किनार कुख्रेनी खोला भएर चुरीयामाइ सम्म यस सडक निर्माण गर्न लागिएको हो । अनुगमनका क्रममा संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेशसभाका सदस्य दिपक निरौला लगायतकाको सहभागिता रहेको थियो ।यो सडक निर्माण भएपछी ठुला सवारीका साधन सञ्चालन गर्ने काम संगै राप्ती किनारलाई पर्यटकिय क्षेत्रको रुपमा पनि विकास गरिने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।सडक विभाग काठमाडौंले २ दशमलव ३ किलोमिटर लामो वैकल्पिक सडक निर्माण गर्न उपयुक्त ठाउँको बारेमा निरिक्षण गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

विभागका महानिर्देशक केशव कुमार शर्माको नेतृत्वमा आएको प्रविधिक टोलीले वैकल्पिक राजमार्ग बनाउन चौकिटोलदेखि राप्तिपुलसम्म उपयुक्त ठाउँको निरिक्षण गरेको हो । पूर्वाधार विकास कार्यालय चितवनले निर्माण गरिरहेको सडक निर्माणको लागि ठाउँ उपयुक्त भएपनि प्राविधिक मुल्याङ्कन गलत भएको महानिर्देशक शर्माले बताउनुभयो । निरिक्षणकै क्रममा सडकको प्राविधिक नक्शा हेर्दै महानिर्देशक शर्माले प्राविधिक मुल्याङ्कन गलत भएको बताउनुभयो ।

 

 

 

 

 

 

 

 

राप्ती खोलाको तिरैतिर ग्याभिन तार जाली वाल लगाएर नदीको सतहबाट पाँच मिटर अग्लो ८ दशमलव ५ मिटर चौडाइको सडक निर्माण गरिने हालको प्राविधिक मुल्याङ्कन छ । तर, शर्माले यही प्राविधिक मुल्याङ्कनमा बन्ने वैकल्पिक सडक राजमार्ग स्तरीय नहुने बताएका छन् । महानिर्देशक शर्माले सडकको एकभागमा राप्ति खोला छेक्न लगाइने ग्याभिन वालले वैकल्पिक सडकको सुरक्षा नहुने बताएका छन् । उक्त सडक खण्डमा ग्याबिन लगाउँने, आरसीसी पर्खाल लगाउँने र दायाँबायाँ ५० मिटर क्षेत्र कायम गरी तत्कालका लागि ८ दशमलव ५ मिटरको सडक निर्माण गरिने छ ।

 

 

 

 

 

 

 

 

 

हेटौंडाका मुख्य सडकमा बढ्दो सवारी जाम र ध्वनि प्रदुषणबाट मानव स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै मुख्यमन्त्री पौडेलकै सक्रियतामा वैकल्पिक सडक निर्माण अगाडि बढाइएको हो । बागमती प्रदेश सरकारको १३ करोड ८४ लाख बजेटमा यही मंसिरदेखि सुरु गरिएको काम दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०७५ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडकलाई सडकको दायाँ बायाँ १६(१६ मिटर कायम गर्ने निर्णय गरेको हो । त्यस्तै बाइपास सडकलाई राजमार्गको रुपमा विकास गर्नका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

मन्त्रालयले बाइपास सडकलाई चौकीटोल(राप्तीपुल र राप्तीपुल- कर्रा गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउने भएको छ । पहिलो चरणमा चौकीटोल(राप्तीपुल र दोस्रो चरणमा राप्तीपुल(कर्रा सडक गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउन लागेको हो । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले करिब २२ करोड रुपैयाँ लागत अनुमान गरेर हेटौंडा-१, चौकीटोलदेखि राप्तीपुलसम्म वैकल्पिक सडक बनाउन लागेको हो । राप्ती खोलाको किनारैकिनार निर्माण हुने बाइपासले नदी नियन्त्रण गर्ने र हेटौंडा बजार क्षेत्रको समेत सुरक्षा गर्ने प्रदेश सरकारको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here